धनगढीको उल्का गारमेन्टमा रातको समयमा चोरी, ८ लाख ८६ हजारभन्दा बढीको क्षति
मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25
Paschim Today

धनगढीः धनगढी उपमहानगरपालिका–३ स्थित उल्का गारमेन्ट उद्योगमा असार १ गते रातिको समयमा चोरी भएको छ।
उद्योग सञ्चालकका अनुसार चोरीमा करिब ८ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको सामान हराएको जानकारी दिइएको छ। उद्योगले प्रहरीलाई दिएको लिखित उजुरीअनुसार चोरले रातको समयमा ताल्चा फोडी उद्योगभित्र पसेर तयारी वस्त्रदेखि ल्यापटपसम्मको सामग्री लिएर गएका छन्। घटनाको अनुसन्धानका लागि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बताइएको छ।

तपाईको प्रतिक्रिया