किभमाथि रुसले गरेको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु
मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25
Paschim Today

एजेन्सी । युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणमा परेर कम्तीमा पनि १५ जना मारिएका छन् । आक्रमणमा परेर अरू दर्जनौँ मानिसहरूको मृत्यु भएको अधिकारीहरूले भनेका छन् ।
सोमबार राति भएको यो आक्रमण तीन वर्ष अघि रुसले पूर्ण: स्तरको आक्रमण सुरु गरेयता किभमाथि गरिएको सबैभन्दा ठुलो बमबारी भएको बताइएको छ । उक्त राति ४४० वटा ड्रोन र ३२ वटा मिसाइल प्रहार भएको युक्रेनको आन्तरिक मन्त्री इहोर क्लेमेन्कोले भने ।
सोही रात रुसको हवाई रक्षा इकाईले पनि १४७ वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसको रक्षा मन्त्रालयले भनेको छ । रुसले किभमाथि ९ घण्टाभन्दा बढी समय आक्रमण गरेको थियो ।
एउटा मिसाइल नौतले भवनमा लागेको बताइएको छ । मर्नेमा ६२ वर्षीय अमेरिकी नागरिक समेत रहेको किभका मेयर भिताली क्लित्श्कोले भने । भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धारका लागि उद्धार समूह अझै खटिरहेको क्लेमेन्कोले बताए ।
तपाईको प्रतिक्रिया