सुदूरपश्चिममा संगठन सुदृढ-सक्रिय बनाउन जुट्यो एमाले

मंगलबार असार ३, २०८२/ Tuesday 06-17-25
Paschim Today

धनगढी– नेकपा एमालेले सुदूरपश्चिमको सिंगो पार्टी संगठनलाई थप सुदृढ र सशक्त बनाउन आन्तरिक गृहकार्य थालेको छ । पार्टी संगठनका गतिविधि बारे सूक्ष्म निगरानीसहित आन्तरिक रणनीति बनाउने गरी पार्टी केन्द्रको निर्देशन अनुसार गृहकार्य थालेको हो । त्यो कामका लागि दुई जना नेतालाई प्रमुख जिम्मेवारी तोकिएको छ । 

संगठनका गतिविधिको अनुगमन र अध्ययन गर्ने गरी पार्टी पोलिटब्युरो सदस्य लीला भण्डारी र केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रमुख जिम्मेवारी तोकिएको छ ।

भण्डारीलाई कैलाली र कञ्चनपुरको जिम्मा छ भने थापालाई सुदूरपश्चिमका सात वटै डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी र अछामको जिम्मेवारी तोकिएको छ । 

केन्द्रीय संगठन विभागको वैशाख १४ गते बसेको २२ औँ बैठकको निर्णय अनुसार नै उनीहरूलाई जिम्मेवारी सहित जिल्लामा पठाएको पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द्रले जानकारी दिएका छन् । सचिव चन्द्र स्वयम पार्टी केन्द्रीय सदस्य लालबहादुर थापा नेतृत्वको टिममा जिल्ला दौडाहामा छन् ।