गायक प्रविण भट्टराईको दोस्रो गीत ‘तिमी र म’ बजारमा

शुक्रबार असार ६, २०८२/ Friday 06-20-25
Paschim Today

कोलोराडो, १९ जुन ।
गायक प्रविण भट्टराईको ‘तिमी र म’ बोलको गीतको म्युजिक भिडिओ बजारमा आएको छ । भट्टराईको यो दोस्रो म्युजिक भिडिओ हो । यसअघि २०२३ को नोभेम्बरमा उनको पहिलो गीत ‘आमालाई नभन्नु है’ बजारमा आएको थियो ।

झण्डै चार वर्षपछि २०२५ मेमा सार्वजनिक भएको भट्टराईको दोस्रो गीत ‘तिमी र म’ को रचनाकार अनिल शर्मा हुन् । गीतमा कल्याण सिंहले संगीत भरेका छन् । 

डुक्मणी थपलियाले निर्माण गरेको गीतको छायांकन, सम्पादन र निर्देशन सागर खरेलले गरेका   हुन् ।

गीतको म्युजिक भिडिओमा मोडल आयुश श्रेष्ठ र ईकृष्या थपलियाको अभिनय रहेको छ । म्युजिक भिडिओमा सरु बारोकोटीले डे«स डिजाईन र मेकअपमा साथ दिएकी छन् ।

गायक भट्टराईले गीत बजारमा ल्याउन सहयोग गर्ने पत्नी पुनम माया व्यञ्जनकार, निर्माता थपलिया, चिरीज मःम सहित सबैलाई धन्यवाद दिए ।

गायक भट्टराईले किशोरावस्थाका स्रोताहरुलाई लक्षित गरी गीत बजारमा ल्याएको बताए ।

किशोरावस्थाको फिलिङ र माया गर्ने मान्छेको साथले जीवनमा मिल्ने मिठो अनुभूतिलाई गीतका माध्यमबाट व्यक्त गरिएको गायक भट्टराईले बताए ।

उनले म्युजिक भिडिओ हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन दर्शक तथा स्रोताहरुलाई आग्रह   गरे ।