प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार असार ९, २०८२/ Monday 06-23-25
Paschim Today

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकार सञ्चालन र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठकले केही नियुक्ति  र बढुवासम्बन्धी निर्णय गर्ने जनाएको छ।