निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

आइतबार असार १५, २०८२/ Sunday 06-29-25
Paschim Today

काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक पारित गरियोस् भनेर संसद्‌मा प्रस्ताव राखेका थिए । अधिकांश सांसदले विधेयकको पक्षमा हात उठाएपछि सभामुख देवराज घिमिरेले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

विधेयकको विपक्षमा सांसद प्रेम सुवाल मात्र उठेका थिए