भुटानविरुद्ध रौनक श्रीवास्तवको शतक

मंगलबार असार १७, २०८२/ Tuesday 07-01-25
Paschim Today

काठमाडौं : एसीसी यू १६ ईस्ट जोन कपमा रौनक श्रीवास्तवले शतक प्रहार गरेका छन्। भुटान विरुद्धको खेलमा शतक प्रहार गरेका हुन्। 

नेपालका लागि चौथो क्रममा आएका रौनकले ९५ बलमा १० चौका र १ छक्कासहित शतक पूरा गरेका हुन्। उनले ३६.४ ओभरमा शतकीय पारी पूरा गरे। 

नेपाल ३७ ओभरको खेल सक्दा ४ विकेटको क्षतिमा २३८ रन बनाएर खेलिरहेको छ।

यसअघि नेपालका ओपनर ब्याटल प्रसिद्ध जैसीले इन्डोनेसिया विरुद्ध १३२ रनको शतकीय पारी खेलेका थिए। नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ। समूह ए को शीर्षस्थानमा रहेको नेपाल अभिजित रहँदै सेमीफाइनल प्रवेश गर्न चाहन्छ। नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो।