गृहमन्त्री लेखक आज बैतडी जांदै
बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
Paschim Today

धनगढी। गृहमन्त्री रमेश लेखक आज बैतडी आउने कार्यक्रम रहेको छ । लेखक पुख्र्यौली घर बैतडीमा पारिवारिक र धार्मिक कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव जनक भट्टले बताए ।
मन्त्री लेखक बुधवार साँझ बैतडी पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । बैतडीमा रहँदा उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । मन्त्री लेखकको सहभागितामा आज साँझ ५ बजे पाटनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको सभापति चन्दले बताए ।
यस्तै मन्त्री लेखकको सहभागितामा बिहीवार बिहान ८ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ । मन्त्री लेखकले प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया