कैलालीमा ९ जना फरार प्रतिवादी पक्राउ

बुधबार असार १८, २०८२/ Wednesday 07-02-25
Paschim Today

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
 असार १८ गते प्रहरी टोलीले  जिल्ला अदालत कैलालीबाट विगतका विभिन्न मुद्दाहरूमा फैसला भई रु। ८२ हजार जरिवाना तोकिएका ८ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानहरूबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको हो।

यसका साथै, चेक अनादर ९चालु मुद्दा० मा फरार रहेका एक जनालाई पनि समेत पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गराई हिरासतमा राखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका प्रतिवादीहरूमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन यस किसिमको अभियानलाई अझ व्यापक र सशक्त बनाइनेछ।