बाजुरामा पुलबाट लडेर बालकको मृत्यु
शनिबार असार २१, २०८२/ Saturday 07-05-25
Paschim Today

धनगढीः बाजुरामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छारा विशालको पुलबाट लडेर मृत्यु भएको हो।
जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती कसैडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्।
तपाईको प्रतिक्रिया