सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई 

शनिबार असार २१, २०८२/ Saturday 07-05-25
Paschim Today

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । 

उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिबार बूढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् । भेटबारे केही खुलाइएको छैन ।

मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिएका छन  । मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन उन्मुक्ति पार्टीले शुक्रबारमात्रै फिर्ता लिएको थियो । 

उक्त पार्टीले समर्थन फिर्ता लिए पनि सुदूरपश्चिम सरकारको सत्ता समीकरणमा गणितीय असर भने पर्दैन । संघीय सरकारका लागि कांग्रेस र एमालेबीच सात बुँदे सहमति पछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियो ।