झिनो अंकले घट्यो नेप्से

मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ०.१४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । 

आज बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाएका हुन् । यसैगरी पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाए । 

आज सर्वाधिक गुमाउनेमा रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। यस कम्पनकिो ५१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावरको ४१ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा गार्डियन माइक्रो लाइफको ४१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।