विद्युत प्राधिकरणले १० अर्ब ऋण लिने
मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० अर्ब अल्पकालीन ऋण लिने भएको छ। यसका लागि अर्थमन्त्रालयबाट सहमति प्राप्त भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।
'प्राधिकरणमा हाल सिर्जित दायित्व तथा तरलता व्यवस्थापनका लागि यो ऋण प्रक्रिया अघि बढाइएको हो। ऋणले नगद अभावलाई पूर्ति गर्ने र प्राधिकरणलाई चलायमान बनाउन सजिलो हुनेछ,' शाक्यले भने।
त्यस्तै, उत्पादन प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नति लगायतका कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न २० अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागिएको उनले बताए।
यसका लागि पनि अर्थमन्त्रालयबाट सहमति पाइसकेको उनले बताए।
तपाईको प्रतिक्रिया