विषालु च्याउ खादा एकै परिवारका पाँच जना बिरामी

मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

कैलाली । कञ्चनपुरमा विषालु च्याउ खादा  एकै परिवारका पाँच जना बिरामी भएका छन् ।  भारतको नङ्ग्रा जङ्गलबाट ल्याइएको विषालु च्याउको तरकारी खाँदा दोधारा चाँदनी नगरपालिका ६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यकाल कञ्चनपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यकाल कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार सुनारका १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सुसुनार बिरामी भएका हुन् । 

'उहाँको परिवारका पाँचै जना बिरामी परेका हुन्' बोहराले भने, 'पाँचै जनाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ । '
उनीहरूको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ ।