सुनको मूल्यमा २१ सयले वृद्धि
बुधबार श्रावण ८, २०८२/ Wednesday 07-23-25
Paschim Today

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
गत हप्ताको बिहीबारदेखि बढिरहेको छापावाल सुनको मूल्य आज पनि तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन तोलाको १ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलामा तोलामा १ हजार ८ सय रुपैयाँले बढेको थियो । यसअघि सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो । झन् त्यसअघि गत बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ तोलामा क्रमश: ३ सय, २ सय र ८ सय रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया