एनपीएल दोस्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने

शनिबार श्रावण ११, २०८२/ Saturday 07-26-25
Paschim Today

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडीहरूको अक्सन यही साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया सम्पन्न भएकोे जानकारी दिँदै क्यानले अक्सन बारे जानकारी दिएको हो । 

क्यानले शनिबार जारी गरेको विज्ञप्तिमा अक्सनका लागि ४५८ जना नेपाली क्रिकेट खेलाडीहरूले नाम दर्ता गरेको जनाएको छ।

दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टोलीहरूलाई उपलब्ध गराइएको क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।