सवारी चालक अनुमतिपत्रको म्याद अब १० वर्षसम्म कायम
शुक्रबार श्रावण १७, २०८२/ Friday 08-01-25
Paschim Today

काठमाडौं । अब सवारी चालक अनुमति पत्रको म्याद १० वर्षसम्म कायम रहने भएको छ । केहि नेपाल ऐन संशोधनमार्फत सवारी चालक अनुमतिपत्र दिइएको मितिले १० वर्षसम्म कायम हुने व्यवस्था गरिएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको छ । यस अघि ५ वर्षसम्म मात्रै म्याद कायम रहने व्यवस्था थियो ।
यस्तै जाँचपाँचसको प्रमाणपत्रको अवधि नयाँ सवारी दर्ता भएको मितिले पाँच वर्षसम्मका लागि एक वर्षसम्म र त्यो बाहेकका सवारीको हकमा भने ६ महिनासम्म रहने व्यवस्था गरिएको छ ।
तपाईको प्रतिक्रिया