गोदावरीमा यौनिकता शिक्षा र प्रजनन स्वास्थ्यबारे नीति संवाद सम्पन्न

शनिबार श्रावण १८, २०८२/ Saturday 08-02-25
Paschim Today

धनगढी । यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्यबारे नीतिगत बहस र सचेतना फैलाउने उद्देश्यसहित गोदावरी नगरपालिकामा एक नीति संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विकासका लागि युवा एक्यबद्धता ९यार्ड० को आयोजनामा सम्पन्न भएको हो, जसमा नीतिगत सुधार, विद्यालयस्तरमा गुणस्तरीय सामग्रीको सुनिश्चितता तथा खुला संवादको आवश्यकता उठाइएको थियो।

कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री, जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थित, वडा नं। ८ का अध्यक्ष गोविन्द चौधरी, सदस्य जगनदेवी चौधरी, दुर्गालक्ष्मी माविका प्रधानाध्यापक ललनप्रसाद चौबे, समैजी माविकी प्रधानाध्यापक बिन्दु कमारी बलायर, विद्यालयस्तरीय बाल क्लबका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति थियो।

संवादका क्रममा सहभागीहरूले यौन तथा प्रजनन स्वास्थ्यजस्तो संवेदनशील र महत्त्वपूर्ण विषयमा अझै पनि समाजमा खुला संवाद हुन नसकेको धारणा राखे। बाल क्लबका प्रतिनिधिहरूले विद्यालयमा वितरण गरिने सेनेटरी प्याड गुणस्तरीय नभएको र पर्याप्त नपुगेको गुनासो गरे।

उपप्रमुख रोकायाले किशोर–किशोरीहरूमा अझै पनि यौन शिक्षा विषयमा स्पष्ट जानकारीको अभाव रहेको बताउँदै स्वास्थ्य शिक्षकको भूमिकालाई सशक्त बनाउनुपर्नेमा जोड दिइन्। उनले बाल क्लबलाई आवश्यक तालिम दिएर, उनीहरूमार्फत नै यौन स्वास्थ्यबारे शिक्षा विस्तार गर्न सकिने सुझाव पनि राखिन्।

दुर्गालक्ष्मी माविका प्रधानाध्यापक चौबेले विद्यालयमा प्याड वितरण भए पनि यसको सही प्रयोग र व्यवस्थापनमा समस्या रहेको उल्लेख गरे।

कार्यक्रममा सहभागीहरूले यौनिकता शिक्षा र प्रजनन स्वास्थ्यबारे समाजमा रहेका भ्रम हटाउन, विद्यालयमा गुणस्तरीय सामग्री सुनिश्चित गर्न र शिक्षकमार्फत प्रभावकारी शिक्षा दिन नीतिगत तहबाट पहल आवश्यक रहेकोमा जोड दिए।