धनगढीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते
शनिबार श्रावण १८, २०८२/ Saturday 08-02-25
Paschim Today

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छान्।
धनगढी उपमहानगरपालिका–८ क्याम्पसचोक नजिक चालक कञ्चनपुरको बेलौरी नगरपालिका–५ का भुुवन चौधरीले चलाएको से ५ प ६८६३ नम्बरको मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका–७ बस्ने राम कुँवरको ४ वर्षीय छोरा अभिनन्दन कुुँवरलाइ शुक्रवार साँझ ठक्कर दिँदा उनि घाइते भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक हाल धनगढी उपमहानगरपालिका–७ मा कोठा गरि बस्दै आएका थिए। घाइते बालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।
तपाईको प्रतिक्रिया