देवरिया उद्यानमा प्रावधान बिनाको फोटोग्राफी, वास्तविक फोटो व्यवसायी मारमा
.2025-08-03-04-53-43.jpeg)
धनगढी। धनगढी ७ मा रहेको देवरिया वनस्पतिक उद्यानमा प्रावधान बिनाको फोटोग्राफी व्यवसाय फस्टाएको छ । उद्यान भित्र कुनै पनि व्यवसाय वा कुनै पनि त्यस्तो पैसा कमाउने व्यवस्था नभएता पनि फोटो व्यवसायीको चहलपहलले उद्यान संरक्षणमै समस्या आएको उद्यानका कर्मचारी कृष्ण बुढाथोकीले बताए ।
प्रावधान बनाउदै गर्दा उद्यानमा आउने, फोटो खिच्ने यस्तो कुनै खाले चहलपहल नभएकाले पनि व्यवसाय गर्ने मनसायले आएका क्यामेरा म्यानलाई व्यवस्थापन गर्न समस्या आएको समेत बताए । देवरिया वनस्पतिक उद्यान केन्द्रिय मातहतमा भएको र बिशेष गरि बोट बिरुवा, जडीबुडी लगायत वनस्पति सम्बन्धीकै लागि स्थापना भएकाले यो समस्यालाई समाधान गर्न पनि सहज नभएको बुढाकथाकी बताए। उद्यानको फोटोग्राफीलाई व्यवस्थित गर्न सरकारले नै तत्काल कुनै नीति बनाउनु पर्छ । कर बिनाको अवैधानिक व्यवसायले केहीं व्यक्तीलाई फाइदा गरेता पनि समग्रमा राज्यलाई र वास्तविक फोटो व्यवसायीलाई भने नोक्सानी नै पुर्याइ रहेको बुढाथोकीको भनाई छ।
अहिले देवरिया वनस्पतिक उद्यानमा बाहिर भित्र गरेर ५० भन्दा बढी फोटोग्राफरहरु फोटो खिचिरहेका छन् ।यता व्यवसायको सबै प्रावधान पुरा गरी बषौं देखि व्यवसाय गर्दै आएका फोटो व्यवसायी पनि झनै मारमा परेका छन । कैलाली जिल्ला फोटो व्यवसायी संघका संयोजक मान बहादुर चौधरीले भने आफुहरुको व्यवसाय नै धराप हुने अवस्थामा पुगेको र धेरै व्यवसायी पलायन समेत भएका भएको बताए ।
उनी भन्छन,व्यवसाय सबैले गर्न पाउनु पर्छ यसमा आफुहरुको कुनै पनि आपत्ति छैन ।सरकारी मापदण्ड अनुसार दर्ता गरेर कर तिरेर गर्दा राम्रो तर आफुहरुको व्यवसाय नै धरापमा पर्ने गरी फोटो खिच्ने देखि लिएर विवाह, वर्तबन्ध जस्ता अन्य सबै कामको बार्गिन समेत गर्न थाले पछि थप समस्या सिर्जना भएको संयोजक चौधरीको भनाई रहेको छ।आफुहरुले राज्यलाई नियमित कर तिर्छौं राज्यले व्यवसायलाई व्यवस्थित गर्नु पर्नेमा जोड दिए। देवरिया वनस्पतिक उद्यानमा मात्रै हैन सबै क्षेत्रमा क्यामेरा भिरेर गर्ने फुटपात फोटो व्यवसाय बन्द गरिनु पर्ने फोटो व्यवसायीहरुको माग रहेको छ ।
तपाईको प्रतिक्रिया