कञ्चनपुरमा नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला

आइतबार श्रावण १९, २०८२/ Sunday 08-03-25
Paschim Today

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव आज फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए। 

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आज कँुवरको शव फेला परेको हो। शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उनले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरेका बताए।