कैलाली कञ्चनपुर ग्रामीण विद्युतीय करण छाता संगठनको अध्यक्षमा देउवा चयन

बिहीबार श्रावण २३, २०८२/ Thursday 08-07-25
Paschim Today

धनगढी । कैलाली कञ्चनपुर ग्रामीण विद्युतीयकरण छाता संगठनको अध्यक्षमा टेक बहादुर देउवा चयन भएका छन्।कैलालीको गोदावरी-८ मा मजगाउँमा रहेको संस्थाको कार्यालयका बुधबार बसेको बैठकले देउवालाई संगठनको अध्यक्षमा चयन गरेको हो ।

यस अघि यही साउन १५ गते संस्थाको १६औ साधारण सभा तथा चौथो अधिवेशनले ११ जना प्रतिनिधि छनौट गरेको थियो । संगठनमा दुवै जिल्लाका २१६ वटा ग्रामिण विद्युत सहकारी संस्थाहरु आवद्ध रहेका छन ।

जसलाई ११ निर्वाचन क्षेत्रमा बाडिएको छ । उक्त ११ वटा निर्वाचन क्षेत्रबाट १र१ जना प्रतिनिधिहरु छनौट गरिएकोमा देउवालाई अध्यक्षमा चयन गरिएको हो।

देउवा सोही वडामा रहेको जयलक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष समेत रहेका छन । बुधबारको बैठकले ११ जनै प्रतिनिधीबाट समिति गठन गरेको थियो ।

देउवाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा गोबिन्द प्रसाद भट्ट, सचिवमा नरेश राज भट्ट कोषाध्यक्षमा तारा देवी बम र सहसचिवमा नारायण ओझा चयन भएका छन ।


यसैगरी सदस्यहरुमा कृष्ण बहादुर खत्रीगणेश दत्त भट्ट, कृष्ण प्रसाद कडेँल, सीताराम थारु, ईश्वर प्रसाद जोशी र गोबिन्द ओली चयन भएका छन ।