महाकाली नदीमा पानीको बहाव घट्यो
बिहीबार श्रावण २३, २०८२/ Thursday 08-07-25
Paschim Today

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको छ। मंगलबारदेखि नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएकोयिथो ।
बिहीबार ११ बजेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । ११ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव ८६ हजार ८७४ क्युसेट रहेको छ ।
महाकालीमा पानीको बहाव १ लाख क्युसेट पुगेपछि पुलमा चारपाङ्ग्रे सवारीसाधन आवतजावमा रोक लगाइने गरिएको छ ।
तपाईको प्रतिक्रिया