राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठ्माण्डौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।
केही समयमा नै दलको नाम घोषणा गर्ने उनले बताए ।
पत्रकार सम्मेलनमार्फत प्रसाईंले प्रदेश खारेजी, हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री लगायतको एजेन्डा अगाडि सारेका छन् ।
उनले राजसंस्थाको एजेन्डाबारे भने स्पष्ट घोषणा गरेनन् । राजा आए पनि, नआए पनि आफ्नो पार्टी अगाडि बढ्ने उनको भनाइ छ ।
उनले आफू राजावादी भने नरहेको बताए ।
'१५ गतेको आन्दोलन राजावादी, एमाले र माओवादी मिलेर बिगारेको हो नि,' प्रसाईंले भने, 'म राजावादी होइन, राष्ट्रवादी हो । राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन् ।'
उनले व्यवस्थाभित्रै रहेर व्यवस्थाविरोधी आन्दोलन गर्ने बताए ।
उनले दलको रूपमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आफूले खोल्ने दलबीच फरक हुने बताए ।
तपाईको प्रतिक्रिया