नेप्सेमा ९.१६ अंकको वृद्धि

सोमबार भदौ २, २०८२/ Monday 08-18-25
Paschim Today

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड माथिको सेयर कारोबार भएको छ । 

आज यूनियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.१० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ५.९४ प्रतिशतका दरले कमाए ।

सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सर्वाधिक ४.८१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २१ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा बुटवल पावर कम्पनीको २० करोड ९५ लाख रुपैयाँ र तेस्रोमा एनआरएनको १८ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।।