भारतिय ट्याक्सी धनगढीमा निर्वाध संचालन,प्रशासनको कडाई सुरु

सोमबार भदौ २, २०८२/ Monday 08-18-25
Paschim Today

धनगढी।भारतिय पहेलो प्लेटका ट्याक्सी नेपालमा चल्न निषेध गरिने भएको छ।कैलाली जिल्ला यातायात व्यबस्थापन समितिको बैठकले पहेलो नम्बर प्लेटका ट्याक्सीलाई नेपाल सेवा दिने रोक लगाउने निर्णय भएको छ । 

त्यस्तै भारतिय सेतो नम्बर प्लेटका यात्रु बोक्न नदिने निर्णय भएको कैलाली सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।अहिले धनगढी क्षेत्रमा निर्बाध रुपमा भारतिय पहेलो नम्बर प्लेटका ट्याक्सी यात्रु बोकी रहेका छन् भने भारतिय सेतो नम्बरका ट्याक्सी पनि यात्रु बोकी रहेका छन्। 

धनगढीको चौराह देखी मिलन चौक भन्सार सम्म बिभिन्न स्थानमा भारतिय पहेलो र सेतो नम्बर प्लेटका ट्याक्सी यात्रु बोकी रहेका छन्।उनीहरुले सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा पनि सेवा दिईरहेका छन् भने नेपाली यात्रु भारत बोकी रहेका  छन्।कानुन अनुसार मालबहाक सार्बजनि सबारी साधन बर्षमा तिस दिन मात्रै नेपाल प्रबेश गर्न पाउने नियम भन्सार बिभागको नियमा उल्लेख रहेको कैलाली भन्सार कार्यालयका सुचना अधिकारी खेमप्रशाद अर्यालले जानकारी दिएका छन्।

अहिले नेपाल भारत मैत्री बस सेवाले पनि सेवा दिईरहेका छन्।नेपाल भारत प्रधानमन्त्री स्तरिय बैठकले २०१४मा दुई देशिय यातायात सम्झौता अनुसार नेपालभारत मैत्री बस चलाउने सम्झौता अनुसार मैत्री बस संचालनमा रहेको सुदूरपश्चिम यातायात प्रालि, धनगढीका बरिष्ठ उपाध्यक्ष गणेशराज पाण्डेयले बताए।

तर,नेपालमा भारतिय ट्याक्सीले निर्वाध रुपमा धनगढीमा संचालन हुदा नेपालका यातायात व्यबसायी मारमा परेको पाण्डेयको भनाई छ । यसले गर्दा नेपालको यातायात क्षेत्र धरासायी अबस्थामा पुगेको उनले बताए।भारतिय ट्याक्सीलाई नेपालमा संचालनलाई प्रशासनले कडाई रुपमा हेर्नुपर्ने खप्तड यातायात प्राली, धनगढीका अध्यक्ष अनन्तराज जोशीको बताए।अहिले धनगढीमा भारतिय ट्याक्सीलाई नेपालमा निर्वाध रुपमा संचालन भैरहेको प्रति लाचार भएको अध्यक्ष जोशीको आरोप छ। 

उता नियमन निकाय जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख चक्रबहादुर देउवा भने प्रशासनले यसलाई कडाई गर्न निर्देशन अनुसार काम सुरु गरेको बताए।सेतो प्लेटको सानो गाडीले पनि यात्रु बोकी रहेको कर्वाही गरेका छौ भने पहेलो नम्बर प्लेटको यात्रु बोक्ने ट्याक्सीलाई नियन्त्रणमा कडाई गरेको देउवाले बताए।