प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

आइतबार भदौ ८, २०८२/ Sunday 08-24-25
Paschim Today

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति सुआन शुक्रवार नेपाल आउनुभएको हो ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र सुआनबीच भेट भएको थियो । उहाँ भ्रमण पूरा गरेर भाेलि स्वदेश फर्कने तालिका छ ।