अमेरिकी उपराष्ट्रपतिले भने– रुसलाई धनी हुनबाट रोक्न भारतमाथि कर लगाइएको हो

सोमबार भदौ ९, २०८२/ Monday 08-25-25
Paschim Today

काठमाडौं : अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा भारतमाथि लगाइएको करको बारेमा बोलेका छन्।  

उनले भारतमाथि थप भन्सार लगाएर रुसमाथि गम्भीर आर्थिक दबाब परेको बताए।

ʻराष्ट्रपतिले बलियो आर्थिक दबाब दिएका छन्। रुसलाई तेल व्यवसायबाट धनी हुनबाट रोक्न भारतमा दोस्रो शुल्क लगाइएको हो,ʼ उपाध्यक्ष जेडी भान्सले एनबीसी न्यूजसँग भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले हत्या र युद्ध बन्द गर्‍यो भने विश्वव्यापी अर्थतन्त्रमा पुनः एकीकृत गर्न सकिने स्पष्ट पारेको उनले बताए।  

जेडी भान्सले भने, ʻतर रुसले युद्ध रोकेन भने उसले अलग्गै बस्नु पर्नेछ। राष्ट्रपति ट्रम्पले यो युद्ध रोक्न रुसमाथि यति धेरै आर्थिक दबाब दिएका छन्। जति बाइडेनले तीन वर्षमा गर्न सकेनन्।ʼ

यसै महिना ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाएका थिए।

उनले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाए। भारतले युक्रेनविरुद्धको युद्धमा रुसबाट तेल र हतियार खरिद गरेर सहयोग गरिरहेको भन्दै ट्रम्पले भारतमाथि कर लगाएका हुन्। नयाँ कर अगस्ट २७ देखि लागू हुनेछ।