स्याउलेमा आजदेखि गौरा पर्व विशेष मेला सुरु हुँदै

सोमबार भदौ १६, २०८२/ Monday 09-01-25
Paschim Today

 

कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-८ स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि गौरा पर्व विशेष मेला सुरु हुने भएको छ ।

भदौ २१ गतेसम्म चल्ने मेलाको आज दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको गौरा पर्व समितिकी संयोजक लक्ष्मी बिनाडीले बताएकी छन् ।

मेलामा विभिन्न ठाउँका चर्चित डेउडा कलाकारहरूको पनि उपस्थिति रहने समितिले जनाएको छ ।

मेलामा १७ गते सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल तथा २० गते पदम जोशी र तुलसी बुढाको प्रस्तुति रहने संयोजक बिनाडीले बताएकी छिन् ।

मेलालाई सव्य र भब्यरुपमा सम्पन्न गर्न सहभागी भइ सहयोग गरिदिन समितिले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।