डडेलधुरामा महाकाली नदी सतर्कता तह पार
सोमबार भदौ १६, २०८२/ Monday 09-01-25
Paschim Today

काठमाडौं । वर्षासँगै डडेलधुरास्थित महाकाली नदीमा सोमबार (भदौ १६) दिउँसो बाढी आएको छ । पारिगाउँ बाढीमापन केन्द्रमा महाकाली नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीको बहाव बढ्दो क्रममा छ । डडेलधुरा र कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ १६ गते, दिउँसो २ः५० बजे । महाकाली नदी डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको र बढ्दो रहेकोले डडेलधुरा, कञ्चनपुरको नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया