नेप्से १२ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार १२.०३ अंकले बढेको छ । बजार बढेर मापक २,७६१.८४ विन्दुमा पुगेको हो ।
आज पाँच अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेमा ३२६ कम्पनीका कुल एक करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच भएको छ । जसमा ६८ हजार ७७५ पटक कारोबार भएको छ ।
सूचक उकालो लागेसँगै बजारमा १४३ कम्पनीको मूल्य बढेको छ भने १०६ कम्पनी घटेको छ । दुई कम्पनी स्थिर रहे ।
सोमबार कारोबारमा हिमस्टार ऊर्जा कम्पनी ६.०७ प्रतिशतले बढ्दै शीर्ष बढ्ने कम्पनीमा पर्यो । यस कम्पनीको सेयरमूल्य २६७ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक २५.८७ अंकले बढेको छ । सिद्धार्थ डिबेन्चर ४३.६० अंकले बढेको छ । सिद्धार्थ बैंकको सेयरमूल्य ३.२८ प्रतिशतले बढेको छ ।
उच्च कारोबार गर्ने कम्पनीमा भने नेपाल पुनर्बिमा कम्पनी अगाडि छ । यस कम्पनीले २८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । एभरेस्ट बैंक र हिमालयन डिस्टिलरी शीर्ष कारोबार गर्ने कम्पनीमा परेका छन् ।
नेप्सेको प्राविधिक तालिका अनुसार, दिनभर बजारमा उतारचढाव भए पनि अन्तिम समयमा परिसूचक हरियो हुँदै बन्द भएको छ । समूहगत सूचकतर्फ व्यापार र अन्य समूह सूचक रातो देखिए । बाँकी समूह सूचक हरियो देखिएका छन् ।
तपाईको प्रतिक्रिया