कञ्चनपुरमा बाढीले विस्थापित ४२ परिवार चार दिनपछि घर फर्किए

बिहीबार भदौ १९, २०८२/ Thursday 09-04-25
Paschim Today

 

धनगढी।कञ्चनपुरको बाढीमा विस्थापित भएका ४२ परिवार चार दिनपछि घर फर्किएका छन्।नदीहरुमा बहाव घटेपछि उनीहरु घर फर्किएका हुन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका-११ का पाँच परिवारका २५ जनालाई डुबानमा परेपछि विस्थापित भएका थिए।उनीहरु घर फर्किएका छन्। 

यस्तै, दोधाराचादँनी नगरपालिका-८ को रामपुरे टापुका २५ परिवार ७० जनालाई जनज्योती माविमा बसाइएकोमा उनीहरु पनि घर फर्किएका छन्।

दोधाराचादँनी नगरपालिका-१० शान्ति टोलका १२ परिवारका ४० जना पनि घर फर्किएका छन्।डुबानपछि उनीहरुलाई अम्विका माविमा राखिएको थियो।