बैतडीको दशरथचन्द नगरपालिकामा भोलि बिदा
शनिबार भदौ २१, २०८२/ Saturday 09-06-25
Paschim Today

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले आइतवार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ। नगरपालिकाको २ नम्बर वडास्थित निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलाका अवसरमा भोलि सार्वजनिक बिदा दिइएको हो।
नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी संस्थामा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशी जात्रा सुरु भएको हो । जात्रा भोलि भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ।
तपाईको प्रतिक्रिया