ज्योतिष उपाध्याय पञ्चाङ्ग निर्णायक बिकास समितिको सदस्य नियुक्त
बिहीबार भदौ १९, २०८२/ Thursday 09-04-25
Paschim Today

काठमाण्डौं, १९ भदौ ।
खप्तड तारानाथ पञ्चाङ्ग पात्रो गणंक तथा सम्पादक ज्योतिष चेतराज उपाध्याय नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिको सदस्य पदमा नियुक्त भएका छन् ।
नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गठनादेश, २०७७ बमोजिम पञ्चाङ्गकार मध्य (गणित विज्ञ) नेपाल पञ्चाङ्ग निर्णायक बिकास समितिको सदस्य पदमा नियुक्त भएका हुन् ।
२०८२ भाद्र १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार उपाध्यायलाई चार वर्षका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य पदमा चार वर्षका लागि मनोनयन गरिएको मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायद्धारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख छ ।
डोटीको सायल गाउँपालिका स्थायी बासिन्दा उपाध्याय दक्षिण एसियाली ज्योतिष महासंघका केन्दिय सदस्य हुन् ।
तपाईको प्रतिक्रिया