मेटाका प्रतिनिधीले मागे सुचीकृत हुन आवश्यक कागजातको सूची

बिहीबार भदौ १९, २०८२/ Thursday 09-04-25
Paschim Today

काठमाण्डौं, १९ भदौ ।

सरकारले दर्ता प्रकृयामा नआएको भन्दै नेपालमा बन्द गर्ने सूचिमा राखेको मेटा सम्पर्कमा आएको   छ ।

मेटाका सार्वजनिक नीति प्रबन्धक तथा एसिया प्रशान्त क्षेत्रका लागि सम्पर्क अधिकृत रुजान सरवारले सूचना तथा संचार मन्त्रीका आइटी सल्लाहकार आइटी सल्लाहकार शालिग्राम पराजुलीलाई सम्पर्क गरेर नेपाल सरकारको पछिल्लो निर्णयबारे चासो राखेका छन् ।

उनले सरकारले भने अनुसार सुचीकृत हुन आवश्यक कागजातको सुची पनि मागेका छन् ।

मन्त्रालयका अनुसार सरकारले यसअघि नै मेटाको कार्यलयमा सुचीकृत हुन आग्रह गर्दै आवश्यक कागजातको सूची पठाइसकेको थियो ।

सरकारले मेटा सहित २६ वटा प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ ।