विश्वकप छनोटमा मेस्सीको २ गोल, ब्राजिल र उरुग्वे पनि विजयी

शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

काठमाडौँ: विश्वकप छनोट अन्तर्गत चारवटा दक्षिण अमेरिकी टोलीले समान ३-० को जित दर्ता गरेका छन्। शुक्रबार बिहान भएका ५ खेलमध्ये पाराग्वे र इक्वेडरले गोलरहित बराबरी खेले। बाँकी सबै खेल समान नतिजामा टुंगिएका छन्। 

अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको २ गोलमा भेनेजुएलालाई ३–० ले पराजित गरेको छ। मेस्सीले ३९ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए।

७६ औँ मिनेटमा लौटारो मार्टिनेजले अर्को गोल थप्दा मेस्सीले ० औँ मिनेटमा तेस्रो गोल थपे। विश्वकप छनोटको अन्तिम खेल अघि अर्जेपन्टिनाले दोस्रो स्थानको ब्राजिललाई १० अंकले पछि पार्दै ३ अंक बनाएको छ। अब अन्तिम खेल अर्जेन्टिनाले बुधबार बिहान इक्वेडरसँग खेल्नेछ। 

यस्तै ब्राजिलले चिलीलाई ३–० ले पराजित गर्दा स्टेभियो, लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक एक गोल गरे। उरुग्वेले पेरुलाई र कोलम्बियाले बोलिभियालाई पनि समान ३–० ले नै पराजित गरेका छन्। अन्तिम खेलअघि ब्राजिलको २८ अंक हुँदा उरुग्वेको २७ र इक्वेडरको २६ अंक छ।  कोलम्बिया र पाराग्वेको समान २५ अंक रहेको छ।