यो साता २.२ प्रतिशत घट्यो बजार
शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

काठमाडौं । यो साता सेयर बजार ६२ अंक अर्थात् २.२२ प्रतिशत घटेको छ ।
गत साता २७८१ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता २७१९ मा छ । बजारको यो अंक करिब २ महिनाकै न्यून हो ।
साउन १३ गते ३००२ अंकमा पुगेको बजार त्यसयता घट्दो क्रममा रहेर न्यूनतम बिन्दुमा झरेको छ ।
यो साता पहिलो दिन आइतबार ३१.१८ अंक घटेको बजार सोमबार १२.०३ अंक बढ्यो । मंगलबार १९.८९ अंक घटेको बजार बुधबार १५.६४ अंक घट्यो भने बिहीबार ६.५५ अंक घट्यो ।
आइतबार ६ अर्ब ६ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब १० करोडको भयो । मंगलबार ४ अर्ब ३८ करोड, बुधबार ४ अर्ब ७२ करोड तथा बिहीबार ५ अर्ब १४ करोडको भयो ।
तपाईको प्रतिक्रिया