सूचीकरणबारे जिज्ञासा राख्दै रास्वपाले मेटा र युट्युवलाई पठायो इमेल
शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ ।
रास्वपाका सहमहामन्त्री विपीन आचार्यले सामाजिक सञ्जाल कम्पनी (मेटा, गुगल) र नेपालबीच दर्ता सम्बन्धी संवाद सुरु गर्न पहलको लागि पत्र पठाएको प्रवक्ता मनिष झाले बताए ।
रास्वपाले मेटासँग नेपाल सरकारको निर्देशन अनुसार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई नेपालमा दर्ता चालिएका कदम, दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीलगायतको विषयमा जिज्ञासा पत्र पठाएको हो ।
सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गरेको छ। रास्वपाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
तपाईको प्रतिक्रिया