रास्वपा तलाउको एउटा तरंग जस्तै सेलाउँने एमालेको दावी

काठमाण्डौं, २० भदौ ।
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाएको पार्टीको संज्ञा दिदै तलाउमा उठेको तरंग जस्तै सेलाउने ठोकुवा गरेको छ ।
गोदावरीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपा लक्षित टिप्पणीमा भनिएको छ, रास्वपा तलाउको एउटा तरंग जस्तै सेलाउँछ ।
रास्वपासंग वैचारिक तथा राजनीतिक स्पष्टता नभएको आरोप लगाएको एमालेले बिगतका नीति विहीन गठबन्धन, एमालेको विभाजन र राजनीतिक बिकृतिलाई भजाएर रास्वपाले पपुलिष्ट नारा दिएर जनतालाई दिग्भ्रमित गरेको बताएको छ । दस्तावेजमा भनिएको छ, उनीहरुका हातमा प्रश्नहरू थिए, उत्तर थिएन । हातमा समस्याको चाङ थियो तर समाधानको कुनै विकल्प थिएन । न कुनै वैचारिक–राजनीतिक स्पष्टता । न विगतको कुनै विरासत र योगदान न कुनै सुस्पष्ट गन्तव्य । न त निश्चित वर्गआधार र लक्षित समूह ।
ओलीद्धारा प्रस्तुत गरिएको दस्तावेजमा राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मलाई हतियार बनाएर राजनीति गरिरहेको आरोप लगाईएको छ ।
विगतमा काँग्रेसप्रति आक्रामक रहेको नेकपा एमाले यस पटक पनि रास्वपा र राप्रपा प्रति आक्रामक देखिएको छ ।
तपाईको प्रतिक्रिया