एमालेको विधान अधिबेशनमा सहभागी हुन् पाईनन्, पूर्वराष्ट्रपति भण्डारी

शुक्रबार भदौ २०, २०८२/ Friday 09-05-25
Paschim Today

काठमाडौं,२० भदौ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेकपा एमालेको दोस्रो विधान अधिबेशनमा सहभागी हुनबाट बञ्चित भएकी छन् ।

नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेपछि भण्डारी विधान अधिबेशनमा सहभागी हुन पाईनन् ।

दोस्रो विधान अधिवेशनमा सहभागी हुन बञ्चित भएपछि पत्रमार्फत शुभकामना सन्देश पठाउदै भण्डारीले एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सधैँ सँगै रहने बताएकी छिन् ।

भण्डारीले पार्टीले आफूलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएर पठाएका कारण राष्ट्रिय जिम्मेवारीमा रहेँको बताएकी छिन्। उनले भिडिओ सन्देशमा भनेकी छन्, त्यतिबेला हाम्रो भेटघाटहरू कम भएको हुनसक्छ । तथापि हाम्रो उद्देश्य एउटै हो । हामी सधैँ सँगै नै छौं । यहाँहरूलाई मैले प्रत्यक्ष भेटघाट गर्न नपाए पनि मैले भेटेसरह नै मानेको छु ।

विधान महाधिवेशनका प्रतिनिधिहरूलाई भण्डारीले भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्न आग्रह गर्दै भनेकी छन्, भावनात्मक र संगठनात्मक हिसाबले अघि बढ्नुस् । म पनि सधैँ यहाँहरूकै साथमा हुनेछु ।

उनले पत्रमार्फत राखेका आफ्ना विचार अध्ययन गरेर उपयुक्त सल्लाह, सुझाव दिन आग्रह गरेकी छन् ।

नेकपा एमालेको काँधमा देशको ठूलो जिम्मेवारी रहेको बताउदै उनले त्यो जिम्मेवारी पुरा गर्न एमालेका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेकी   छन् ।