विपक्षी दलहरूको बैठकले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा
मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सकिएको छ। बैठक माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बसेको थियो।
बैठकले जेनजी प्रदर्शनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रकै कलंकको रुपमा घटना भएको भन्दै सरकारको रवैया स्वीकार्य नहुने भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग्ने धारणा बनाएको बताए।
सामाजिक सञ्जाल प्रतिबन्द र भ्रष्टाचारविरुद्ध सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनमा १९ जना होनहार युवाले ज्यान गुमाएका छन् भने सयौं घाइतेहरुको उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया