एशिया कपमा आज भारत र यूएई खेल्दै

बुधबार भदौ २५, २०८२/ Wednesday 09-10-25
Paschim Today

काठमाण्डाै – एशिया कप टी–२० क्रिकेटमा आज भारत र संयुक्त अरब इमिरेट्स (यूएई) खेल्दैछन् । यो खेल राति सवा ८ बजे दुबईमा शुरू हुनेछ ।

भारत र यूएईबीच अहिलेसम्म एक पटक मात्रै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको छ । सन् २०१६ को एशिया कपमा भारतले यूएईलाई ९ विकेटले हराएको थियो ।

हिजोदेखि शुरू भएको १६औं संस्करणको प्रतियोगितामा हङकङलाई हराउँदै अफगानिस्तानले विजयी शुरुआत गरेको छ ।

८ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् ।

एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ मा हुनेछ ।