अन्तरिम सरकारमा बढीमा ११ जना मन्त्री हुने, एक मन्त्रीलाई दुई मन्त्रालयको जिम्मा दिइँदै
मंगलबार भदौ ३१, २०८२/ Tuesday 09-16-25
Paschim Today

काठमाडौं । अन्तरिम सरकारमा बढीमा ११ जना मन्त्री हुने भएका छन् । हरेक मन्त्रीलाई दुईवटा मन्त्रालय भागमा पर्नेगरी मन्त्री बनाउन लागिएको हो । प्रधानमन्त्री सुशीला कोइरालाले १० देखि ११ जनाको मन्त्रिपरिषद् बनाउन लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले विषयविज्ञ र पूर्वकर्मचारीहरूमध्येबाट मन्त्री बनाउन खोजेको पनि बताइएकी छिन् । साथै, मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि खोजेको बताइएकी छिन् । साथै, चुनावमा नजाने व्यक्तिलाई मन्त्री बनाएको पनि बताएकी छिन् ।
बीबीसी नेपाली सेवासँग कुरा गर्दै कार्कीले राष्ट्रपतिले दलका प्रतिनिधि राखेर मन्त्रिपरिषद् बनाउन सुझाव दिएको पनि खुलासा गरेकी छिन् ।
उनले भनेकी छिन्, 'राष्ट्रपतिले दलका एक–एक जना प्रतिनिधिलाई समेत राखेर मन्त्रिपरिषद् बनाउन सुझाव दिनुभएको थियो, त्यसलाई मैले मानिनँ ।'
तपाईको प्रतिक्रिया