सिंहदरबार परिसरबाट जलेका सवारीसाधन हटाइँदै

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगेर व्यवस्थापन गर्न थालिएको छ ।
सिंहदरबार परिसरमा जलेर क्षति ग्रस्त भएका सवारीसाधनहरूलाई त्यहाँबाट उठाएर बीआईसीसी भवनभन्दा पूर्वपट्टी रहेको सडक कार्यालय परिसरमा लगेर व्यवस्थापन गर्न लागिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार मात्रै अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगि व्यवस्थापन गर्न मन्त्री घिसिङले निर्देशन दिएका थिए ।
ऊर्जामन्त्री घिसिङकै निर्देशनपछि सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन अन्यत्र लगेर व्यवस्थापन गर्न थालिएको हो ।
सिंहदरबारसिहत काठमाडौं उपत्यकामा मात्रै १ हजारभन्दा बढी गाडी जलेको प्रारम्भिक तथ्यांक छ ।
तपाईको प्रतिक्रिया