चार प्रादेशिक अस्पताल दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने
बिहीबार श्रावण २१, २०८३/ Thursday 08-06-26
Paschim Today
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि प्रदेशका चार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले धनगढीस्थित सेती प्रादेशिक अस्पताल, लम्कीचुहा प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले सम्बन्धित निकायसँग आवश्यक सम्झौता तथा कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। यस निर्णयसँगै विश्वविद्यालयको शैक्षिक संरचना विस्तार हुने र सुदूरपश्चिममै चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ।




2026-08-07-04-45-06.jpeg)

तपाईको प्रतिक्रिया