बाग‍तीको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त

बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26
Paschim Today

काठ्माण्डौ। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन्। १०४ सदस्यीय प्रदेशसभामा ६३ जना सांसदको बहुमत समर्थनसहित उनी मुख्यमन्त्री बनेका हुन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले उक्त नियुक्ति पाएका हुन्।

थापालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूको समर्थन रहेको छ।

बागमती प्रदेशको सातौं मुख्यमन्त्रीका रूपमा प्रदेशको कमान्ड सम्हाल्न लागेका थापाले दुईपटकसम्म प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।