जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
बुधबार भदौ १७, २०८३/ Wednesday 09-02-26
Paschim Today
डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताएका छन्।
पतञ्जली योग समिति डडेल्धुराद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उनले योगको महत्व र प्रभावलाई समाजका सबै तह र तप्काले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिए।
मुख्यमन्त्री भट्टले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।
मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकासमा योगको महत्वपूर्ण योगदान रहने जनाउँदै उहाँले योगलाइ नागरिकको दैनिक जीवनसँग जोड्दै ‘सबैका लागि योग’ अभियानलाई प्रदेश सरकारले प्राथमिकतासाथ अघि बढाउने प्रतिबद्धता जनाए। रासस







तपाईको प्रतिक्रिया