संसदमै प्रेसर हाई भएर लडे सांसद खड्का

बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
Paschim Today

काठमाडौँ ।  सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् । 

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्मा बोल्दै गर्दा सांसद खड्का एकाएक लडेका थिए । उनी लडेपछि कांग्रेस सांसदहरू उठाउन दौडिएका थिए ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्दाबोल्दै रोकेका थिए ।