कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङ निम्तो
शुक्रबार कार्तिक २१, २०८३/ Friday 11-06-26
Paschim Today
काठमाडौँ : प्लेअफ प्रवेशका लागि निर्णायक साबित हुन सक्ने खेलमा कर्णाली याक्सले कीर्तिपुरको टीयू मैदानमा सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको यो खेलको नतिजाले अंक तालिकाको शीर्ष स्थानमा रहने होडलाई दिशा दिनेछ ।
कर्णाली तीन खेलबाट चार अंकसहित तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिम पनि चारै अंकमा छैंटौं स्थानमा छ, तर उसले पाँच खेल खेलेको छ । दुवै टिमका लागि जितको अर्थ प्लेअफ पुग्नु नजिक हुनेछ भने हारको अर्थ हुनेछ, प्लेअफबाट टाढा ।
कर्णाली र सुदूरपश्चिमबीच अहिलेसम्म दुई खेल भएका छन् । ती दुवैमा सुदूरपश्चिम नै विजयी रहेको छ । पहिलो सिजन सुदूरपश्चिम ६ विकेटले विजयी रहेको थियो । यस्तै दोस्रो सिजनमा सुदूरपश्चिमको जितको अन्तर ४५ रन रहेको थियो ।






तपाईको प्रतिक्रिया