एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

आइतबार कार्तिक ३०, २०८३/ Sunday 11-15-26
Paschim Today

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

टियू क्रिकेट मैदानमा भर्खर सम्पन्न टस जितेर कर्णालीका कप्तान डेविड मिलरले पहिला ब्याटिङ रोजेका छन्। यससँगै, चितवनले बलिङ गर्नेछ।

चितवन प्ले अफमा पुगिसकेको छ भने कर्णाली बाहिरिसकेको छ।